Logo
९ असार २०७८, बुधबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप ३७४९ जनामा कोरोना पुष्टि, ५२९३ संक्रमणमुक्त र ५९ को मृत्यु

आज देशभर ३ हजार ७४९ जना व्यक्ति कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।

हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ जना व्यक्ति निको भइसकेका छन्।

त्यसैगरी, २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।

नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्