Logo
६ बैशाख २०८१, बिहीबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शपथग्रहण समारोहमा राजेन्द्र महतो अनुउपस्थित, को-को थिए उपस्थित ? {फोटोफिचर}

संघीय सरकारको मन्त्रिपरिषदका नवनियुक्त सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिइरहँदा उक्त अवसरमा उपप्रधानमन्त्री राजेन्द्र महतो अनुउपस्थित देखिएका छन् ।

उनका पार्टी अध्यक्ष महन्थ ठाकुर र सरकारका अर्का दुवैजना उपप्रधानमन्त्रीहरुको भने उपस्थिती देखिएको थियो ।

शपथग्रहण समारोहमा नवनियुक्त मन्त्री राजकिशोर यादवले सेतै कपालमा सपथ खाएका छन् । केहि दिन अघि उनको बुवाको निधन भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

हेर्नुस् फोटोफिचर : 

 

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्