Logo
८ बैशाख २०८१, शनिबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा खैरो हेरोइनसहित एक जना पक्राउ

प्रदेश नं १ स्थित सुनसरीको कोशी गाउँपालिकामा खैरो हेरोइन सहित एक जना पक्राउ गरीएको छ ।

सुनसरीको कोशी गाउँपालिका-८ स्थित भन्टाबारीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्टाबारी घर भएका ४० वर्षीय शम्भु कविरथ रहेका छन् ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनको साथबाट ९ दशमलव ५४० ग्राम लागु औषध ‘खैरो हेरोइन’ बरामद गरेको छ । उनिमाथी लागु औषध नियन्त्रण ऐन-२०३३ अनुसार अदालत बाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्