Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुट्यो माधव समुह, जसपालाई थप एक मन्त्री, संसद् पुनर्स्थापना भएपनि बहुमत पुगाउने ओलीको राणनीति

अदालतले अन्तिरम आदेश मार्फत मरमादेश नदिएपछि हाललाई समस्यामुक्त बनेको संघीय सरकारले एक साताभित्रै दोस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेको छ ।

सर्वोच्च अदालतबाट कतै प्रतिनिधिसभा पुनःस्थापना नै गरिँदासमेत संसद् सामनाका लागि तयारीका साथ प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हनु ।

२५ सदस्यीय मन्त्रिपरिषद्‌मा जसपा महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई ११ मन्त्री दिइएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले माधव नेपाल समूहलाई पनि फोड्न सफल भएका छन् ।

माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहित १५ सांसद ह्वीप उल्लंघन गरेको आरोपमा संसदीय दलबाट निष्कासित हुनेछन् ।

उनीहरुविरुद्ध प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा संसदमा अनुपस्थित भई ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गर्ने रणनीतिमा बालुवाटार छ ।

ती नेताविरुद्ध ७ जेठमा पार्टी निर्देशन विपरीत विपक्षी दलको नेतालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको अर्को आरोप पनि छ ।

कारबाहीमा पर्ने ९ समानुपातिक सांसदको स्थानमा नयाँ नियुक्तिपछि पनि १ सय २१ सदस्यीय एमाले संसदीय दल १ सय ६ मा खुम्चिनेछ ।

१ सय ७१ सदस्यीय संसद् १ सय ५६ सदस्यमा झर्नेछ । त्यसो हुँदा बहुमत पुर्‍याउन १ सय २९ भोट चाहिन्छ । एमाले र जसपाको १ सय २६ सांसद एकठाउँ रहँदा विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन हम्मे पर्ने देखिन्छ ।

त्यसमा नेमकिपा र राप्रपाको मत पाउने अपेक्षा प्रधानमन्त्री ओलीको छ । त्यसो हुँदा ओलीले १ सय २८ सांसदको समर्थन पाउनेछन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका ६१, सभामुखसहित माओवादी केन्द्रको ५० र जसपाको उपेन्द्र यादव समूहका १२ सांसद रहनेछन् ।

सभामुखले मतदान गर्न पाउने छैनन् । त्यसमा एक सांसद रहेको राष्ट्रिय जनमोर्चा थपिँदा विपक्षी गठबन्धनमा १ सय २३ सांसद हुनेछन् । कांग्रेसका २ र जसपाका २ सांसद निलम्बित छन् ।

८ मन्त्री थपिदै, खगराज अधिकारी गृहमन्त्री

खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन्।

स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।

नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ। यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्