Logo
१५ चैत्र २०८०, बिहीबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ लोक सेवा आयोगले खुलायो अधिकृत नवौँ तहको विज्ञापन

प्रदेश नं २ को लोक सेवा आयोगले  प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह(अप्राविधिक / प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदको लागि विज्ञापन गरेको छ । आवेदन दिने मिति असार १६ गते सम्म तोकिएको छ ।

दोब्बर दस्तुर तिरेर असार २३ सम्म आवेदन दिन सकिने छ ।उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

इन्जिनियर र कृषि सेवाका लागि भने ४० वर्ष ननाघेको हुनु पर्ने छ ।निजामती सेवामा बहालवाला कर्मचारीको हकमा भने उमेरको हद लाग्ने छैन । परीक्षा केन्द्र जनकपुरधाम तोकिएको छ ।

परीक्षाको मिति भने पछि प्रकाशित गरिने भनिएको छ ।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्