Logo
६ बैशाख २०८१, बिहीबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शितलनिवासमा प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच २ घण्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच २ घण्टा छलफल भएको छ ।हिजो बुधबार साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।

पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा छलफल गरेका हुन् ।

ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गरेकी थिइन् ।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्