Logo
७ बैशाख २०८१, शुक्रबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधवारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल कारबाही गर्न बैठकमा निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्