Logo
१५ चैत्र २०८०, बिहीबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरीरमा रगत जम्ने समस्याबाट छुटकारा पाउन यी ५ जुस पिउनुहोस् !

बर्तमान समयमा धेरै मानिसहरु अस्वस्थकर जीवनशैलीका कारण मानिसहरु विभिन्न प्रकारका रोगहरुबाट ग्रसित बन्ने गरेका छन् । अहिलेको समयमा मुख्य समस्या भनेको मुटुसम्वन्धी देखिरहेको छ ।

मुटुसम्बन्धी धेरै समस्याहरूको कारण अस्वस्थकर जीवनशैली नै हो ।मुटु रोगको अर्को कारण धुम्रपान पनि हो । मुटु रोगमा विशेषगरी रक्तनलीहरूमा रगत जम्ने खतरा बढी हुन्छ ।

धमनीहरुमा रगत जम्नाले रक्तनलीहरु अवरुद्ध हुन सक्छन् । जसको कारण रगतको बहाव सही हुन पाउँदैन । रगतहरु जम्न थाल्छन् र हृदयघात हुने खतरा बढ्छ ।

रगत जम्ने समस्या विभिन्न कारणले हुन सक्छ । त्यसका लागि आफूले खाने खानपानमा बढी ध्यान दिँदा रगत सफा हुने र थप समस्या हुनबाट बच्न सकिन्छ । यसका लागि स्वस्थकर खानासँगै विभिन्न प्रकारका जुसहरु पिउन सकिन्छ ।

1. अदुवा, लसुन र कागतीको रस
भान्सामा पाइने अदुवा, लसुन र कागतीको रस मुटुसम्बन्धी रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । लसुनलाई पिस्ने, त्यसमा अदुवाको टुक्रा मिसाउने र कागतीको रस मिसाएर पानीमा उमालेर खाने गर्दा धमनीहरु सफा हुने र हृदयघातको खतराबाट बच्न सकिन्छ । लसुनले प्राकृतिक ब्लड थिनर रुपमा काम गर्छ । यसको जुस पिउँदा कोलेस्ट्रोल कम गर्छ । रगत नली बन्द हुने समस्या पनि कम गर्छ । अदुवाले धमनीहरुको भित्ता मजबुत बनाउँछ । कागतीमा हुने भिटामिन सी र फ्लेवनोइड्स पाइने भएकाले यसले रगत सफा गराउँछ ।

2. गाजर र चुकन्दरको जुस
गाजर र चुकन्दरको जुस पिउँदा धमनीहरु सफा हुन्छन् । चुकन्दरले रक्तचाप पनि कम गराउँछ । चुकन्दरमा नाइट्रेट्स हुन्छ । जुन शरीरभित्र गएर निट्रिक ऑक्साइड मा परिवर्तन हुन्छ । निट्रिक ऑक्साइडले धमनीहरु खुलाउँछ । साथै, गाजरमा नाइट्रेट हुन्छ । जसले रगतको बहाव राम्रो बनाउँछ । यो रक्तनलीहरु खोल्ने एक राम्रो उपाय हो । गाजरमा हुने बेटा केराटिनले रक्तसञ्चार राम्रो बनाउँछ । र मुटुसम्बन्धी रोगहरु लाग्न दिँदैन ।

3. ब्रोकाउली, पालक र गोभीको जुस
ब्रोकाउली, पालक र गोभीको जुस निकै फाइदाजनक हुन्छ । यसमा क्यारोटेनोइड्स हुन्छ । यसले शरीरका हानिकारक पदार्थ बाहिर निकाल्छ । यसमा फाइबर पनि हुने भएकाले यसले रक्तसञ्चार सही गराउने र मुटु स्वस्थ राख्छ ।

4.काँक्रो, पुदीना र सेलेरीको जुस
काँक्रोमा सोलेबल फाइबर र पोलीफेनोल्स हुन्छ । यसले धमनी सफा राख्छ । ताजा पुदीनाको पातहरुले रक्तनलीहरु खुम्चिन दिँदैन । एन्टिअक्सिडेन्ट हुने भएकाले यसले शरीरलाई थुप्रै रोगहरुबाट बचाउँछ ।

5.अमिलो जुस
अमिलो फलफूलहरु सुन्तला, कागती, अंगुर जस्ता फलफूलका जुसमा एन्टिअक्सिडेन्ट पाइन्ट । जसले इन्फामेसन कम गराउँछ । यसले रगत जम्ने खतरा पनि कम हुन्छ । साथै, भिटामिन सीका कारणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्