Logo
६ चैत्र २०८०, मंगलबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

अब वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण निनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने विनियमाली बनाएको हो ।

राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।

योसँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन ।

शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

सोका लागि विदेशी लगानी हुने उद्योगरकम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची(४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ ।

तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी भने दिनु पर्नेछ ।निनियमावलीमा उल्लेख भए अनुसार नेपाल भित्रिएकोविदेशी लगानी बापतकोरकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।

यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग रकम्पनीको खातामा जम्मा गर्नु पर्ने विनियमावलीमा उल्लेख छ ।

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्