Logo
७ बैशाख २०८१, शुक्रबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, कांग्रेस बस्यो तटस्थ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । कांग्रेसले मतदानमा भाग लिएन ।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन् ।

 

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्