Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरपक्ष यता सरकारमा गएपछि, यादवपक्ष उता प्रदेश २ सरकारलाई पुर्नगठन गर्दै

दुई जना अध्यक्ष रहेको जनता समाजवादी पार्टीमा जारी समानन्तर नेतृत्वबीच दुई रोचक घट्नाक्रम देखिने भएको छ ।

अध्यक्ष महन्थ ठाकुरपक्ष संघीय सरकारमा सरकारमा गएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ स्थित सरकारलाई पुर्नगठन गर्ने तयारी थालेका छन् ।

नेपाली कांग्रेस र माओवादीलाई साथमा लिएर प्रदेश २ सरकार पुर्नगठन गर्ने तयारी यादवले थालेका हुन् । प्रदेश २ मा तत्कालिन राजपा र सपाको सरकार छ, जून पार्टी एक भएपनि एउटै संसदीय दल भने बन्न सकेको छैन ।

पुर्व राजपालाई सत्ताबाट अलग्याई कांग्रेस र माओवादीको साथ लिएर सरकारको नेतृत्वलाई जारी राख्ने योजनामा यादव रहेको बुझिएको छ ।

३० जना पूर्व समाजवादी पार्टी र २५ जना पूर्व राजपाको सांसदहरुको सर्मथनमा लालबाबु राउत नेतृवको बर्तमान सरकार संचालन भइरहेको छ ।

यसकालागि माओवादीसँग सहमती भइसकेको र कांग्रेससँग संवाद जारी रहेको यादवपक्षका एक नेताले बताए । ‘पुर्व राजपालाई अलग्याइने छ र माओवादी कांग्रेसलाई सरकारमा भित्र्यइने छ’ उक्त नेताले भने -‘अध्यक्षजीले कांग्रेससँग संवाद जारी राखेका छन् ।’

त्यसैगरी पूर्वराजपाका मन्त्री रामनरेश राय पनि यादव पक्षमा गइसकेका छन् । जसपाका अलवा प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ८, एमालेको २१, संघीय समाजवादी पार्टी नेपालका एक गरी जम्मा १०४ सांसद छन् ।

सरकार बनाउनका लागि ५३ जना सांसद हुनुपर्ने हुन्छ तर उता नेकपा एमाले र पुर्व राजपाले पनि आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउने आन्तरिक तयारीमा समेत जुटेका छन् ।

यता ठाकुरपक्ष राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयमा १० मन्त्री सहित केन्द्र सरकारमा गएको छ ।

प्रकाशित मिति: Jun 5, 2021

प्रतिक्रिया दिनुहोस्