Logo
१२ बैशाख २०८१, बुधबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली दूतावासको घरजग्गा विक्री गर्ने र पत्रकार बन्न जाँच लिने मन्त्रिपरिषद्को निर्णय

जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा विक्री हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय पनि भएको छ । २०७५ सालमा ल्याइएको उक्त कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ ।

सरकारले हालै ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैरपरराष्ट्र सेवाबाट नियुक्तिका गर्न सिफारिस गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले  पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।

सरकारका प्रवक्ता गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका हुन्।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गुरुङले पत्रकारलाई जाँच लिने निकाय गठनलाई ‘गेमचेन्जर’ भएको टिप्पणी गरे।

‘कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उत्तीर्ण गर्न जरूरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि सरकारी मान्यताको प्रशिक्षण केन्द्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गठन आदेश २०७८ लाई अर्थ मन्त्रलायमा गठन आदेश पठाइएको छ’, मन्त्री गुरुङले भने। उनले सरकारको कार्यक्रम ऐतिहासिक भएको दाबी गरे।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्