Logo
११ बैशाख २०८१, मंगलबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के हो पेप्टिक अल्सर? जान्नुहोस् यसका लक्षण तथा बच्ने उपाय !

अहिलेको बद्लिदो हावापानी र खानपिनका कारण अधिकाशं मानिसलाई पेटको रोग बढी लाग्ने गर्छ । सबै भन्दा धेरै मानिसलाई लाग्ने रोग भनेको ग्यास्ट्रिक रहेको छ ।

जब हामीलाई यो रोग लाग्छ नी हामीले समयमानै ख्याल गर्न सकेनौ भने हामीलाई अल्सर हुन पुग्छ । जसले आन्द्रामा घाउ हुने गर्छ पछि यो रोग जटिल बन्दैगइ क्यान्सरमा परिनतभइ हाम्रो जिवन लिलानै समाप्त अर्थात मृत्युको शिकार हुन पुग्छौँ ।

पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ ।

यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो तालमेल बिग्रिएपछि अल्सर हुन्छ । व्यक्तिमा शारीरिक वा भावनात्मक तनाव पहिलेदेखि नै छ भने यसले पेप्टिक अल्सरलाई बढाउन सक्छ ।

त्यस्तै केही औषधिको लगातार प्रयोग जस्तो दुखाई निवारक औषधिको कारणले पनि अल्सर हुन सक्छ । सामान्य रुपमा अल्सर नली पेट र सानो आन्द्राको माथिल्लो भागको झिल्लीमा हुन्छ ।

त्यसैले आज हामी तपाई लाई पेप्टिक अल्सर भनेको के हो? यो कसरी हुने गछ? यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा जानकारी दिन गइरहेका छौ ।

पेप्टिक अल्सरको कारण

पेप्टिक अल्सरको सबैभन्दा प्रमुख कारण एच पायलोरी ब्याक्टेरिया हो । खानपान र पेटमा एसिड बन्नाले मात्रै पेप्टिक अल्सर हुँदैन बरु यसको लागि एच पायलोरी ब्याक्टेरिया पनि दोषी छ ।

यो ब्याक्टेरिया दिशा र फोहोर पानीबाट फैलन्छ । वर्षातको मौसममा दुर्गन्धको समस्या अरु मौसममा भन्दा धेरै हुन्छ । शारीरिक सक्रियता कम हुने र रोग प्रतिरोधी तन्त्रमा हुनेवाला परिवर्तन पनि यो ब्याक्टेरिया बनाउन सहायक हुन्छ । धेरै तारेका चिल्लो र मसालेदार खानाको साथै चिया कफीको धेरै सेवन गर्नाले पनि पेटमा एसिडको स्तर बढाउँछ ।

पेप्टिक अल्सरको लक्षण

मा एसिडिटी हुने, पेट फुल्ने, ग्याँस बन्ने, पखाला लाग्ने, कब्जियत, वान्ता हुने आदि प्रमुख हुन ।

पेप्टिक अल्सर भएमा श्वासप्रश्वासमा पनि समस्या हुन्छ । पाचनमा समस्याको कारण कहिलेकाँही एसिड आहारनलीमै आउँछ । जसले टाउको दुख्ने र दुखाई महसुस हुन्छ र यस्तो लाग्छ कि मुटु सम्बन्धी कुनै रोग लागेको छ । यसको असर घाँटी, दाँत, श्वास आदिमा पर्न थाल्छ ।

गर्न नहुने कुराहरु

-तमाखुयुक्त पदार्थबाट टाढै रहनुहोस् ।

-पेप्टिक अल्सरबाट बच्न छ भने धुम्रपान नगर्नुहोस् ।

-चिल्लो, पिरो र मसालेदार भोजबाट बच्नुहोस्

-मांसाहार, क्याफित तथा मदिराको सेवन नगर्नुहोस् ।

समयमै उपचार गर्नु जरुरी

पेप्टिक अल्सरको कारण एनिमिया, दिशा गर्दा रगत आउने हुन्छ र लामो समयसम्म अल्सर निको नभएमा पेटको क्यान्सरको आशंका पढ्छ । आन्तरिक रक्तश्राव हुने कारणले शरीरमा रगतको कमी हुन्छ ।

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्छ जसले आन्द्रामा गम्भिर संक्रमणको खतरा बढ्छ । पेप्टिक अल्सरले पेटको तन्तुहरुलाई पनि क्षतिग्रस्त गर्न सक्छ जसले पाचन मार्गमा भोजन प्रवाहमा बाधा पुर्याउँछ यसै कारण पेट छिटै भरिने उल्टी हुने र तौल कम हुने समस्या हुन्छ । स्वास्थ्य पत्रपत्रिका

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्