Logo
७ बैशाख २०८१, शुक्रबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाबाट १० मन्त्री : साँझ ८ बजे सपथ, राजेन्द्र महतो उपप्रधानमंत्री एवं सहरी मन्त्री

प्रधानमन्त्री केपि शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरु बीच समझदारी भए लगतै अहिले ८ बजे सपथग्रहण हुने भएको छ ।

गृह मन्त्रालयको नेतृत्व आफूहरुले पाउनुपर्ने जसपाले अडान राखेपछि वार्ता लम्बिएको थियो । गृहको ब्यार्गेनिङ्गगरेपनि उपप्रधानमन्त्रीमा चित्त बुझाउनु परेको हो ।

जसपाबाट ९ जना मन्त्री  बन्नेछन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्रीले अन्य नेताहरुलाई थपेर मन्त्रीपरिषद बिस्तार गर्न लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई आज राती ८ः ०० बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण हुनेछ ।

जसपाले पाएको मन्त्रालय र पठाइएका नेताहहरु : 

१. राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
२. शरत सिहं भण्डारी – उर्जा
३. अनिल झा- खानेपानी
४. बिमल श्रीवास्तव- श्रम
५. उमाशंकर अरगरिया- वन
६. लक्ष्मण लाल कर्ण- भुमिसुधार
७. चन्दा चौधरी – महिला
८. एकबाल मियाँ- युवा
९. चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०. रेणुका गुरुङ – राज्य मन्त्री महिला

क-कसको मन्त्रालय खोसियो ?

उसैबीच जसपाले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो ।

जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् ।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्