Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईयूले नेपाली बजारमा ल्यायो नयाँ मोडलको गोभा इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि-बुकिङ

नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको इन्फिनिटीले नयाँ स्कुटर गोभाको प्रि-बुकिङ खोलेको छ ।

एनआईयू गोभाको तेस्रो भर्सन अर्थात जी०३ फोनमार्फत प्रि-बुकिङ गर्न सकिने बताइएको छ । एनआईयू नेपालको फेसबुक पेजमा प्रि-बुकिङको जानकारी दिइएको छ ।

एनआईयूका अन्य स्कुटर भन्दा यो स्कुटर अलि फरक रहेको छ । अन्य स्कुटरमा पानासोनिक ब्याट्री र बोसको मोटर रहेकोमा यसमा भने एनअईयू आफैले विकास गरेको ब्याट्री र मोटर प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

गोभा जी०३ मा ६० भोल्ट, २९ एम्पियरको लिथियम आयोन ब्याट्री रहेको छ । त्यसैगरी २ हजार ७ सय वाटको मोटर छ । स्कुटरको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एक पटकको फुल चार्जमा यसलाई ६५ देखि ७५ किलोमिटर सम्म चलाउन सकिन्छ । ब्याट्री फुल चार्ज हुन ६ घण्टा लाग्ने बताइएको छ ।

स्कुटरको टायर पनि अन्य स्कुटरमा भन्दा फरक छ । रातो र सेतो गरी २ कलरमा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछ । निषेधाज्ञाको अवस्था अनुसार ग्राहकलाई यो स्कुटर हस्तान्तरण समेत गर्न सकिने कम्पनीको भनाइ छ ।

एनआईयू गोभा जी०३ को मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । नेपाल अटो

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्