Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहले पठायो पत्र

लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई गृह मन्त्रालयले कारबाहीका लागि पत्र पठाएको छ ।मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।

‘….ब्यहोरा यसैसाथ संलग्न छ, ब्यहोरा अवगत गर्दै आवश्यक कानुन बमोजिम कारबाही गरी सो को जानकारी मन्त्रालयलाई गराउने’ मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं। ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए ।

स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।

‘गृहबाट पत्र आएको छ’, पराजुलीले भने, ‘पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’

गृहको पत्रसँगै प्रजिअ पराजुलीलाई कारबाही गर्न थप दबाब सिर्जना भएको छ ।सिङ्गो कर्मचारीतन्त्रलाई नै बदनामित गराउने गरी घटना सार्वजनिक भएको करिब साता दिन भइसक्दासमेत मन्त्रालय र विभाग भने त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भन्दा थाहा नै नभए झैँ गरी घटनालाई गुपचुपमै ‘राफसाफ’ गर्नेतिर लागेका छन् ।

 

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्