Logo
४ बैशाख २०८१, मंगलबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस

प्रदेश नं १ सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ ।

आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उनले बताए । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो ।

कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्