Logo
९ असार २०७८, बुधबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ सरकारद्वारा अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न सिफारिस

प्रदेश १ सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने प्रावधान रहेपछि सरकारले बजेट पेस गर्ने मिति असार १ को १५ दिनअघि प्रदेशसभा अधिवेशन नबोलाएपछि ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको हो ।

कार्यविधिमा उल्लेख भएको १५ दिनअघि छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्