Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार गजेन्द्र बुढाथोकीको सम्झनामा दरबार हत्याकाण्ड : नेपाल समाचारपत्रले ब्रेक गर्दा…!

गजेन्द्र बुढाथोकी

दरबारसम्बन्धि समाचार दिनमै समस्या थियो, झन् हत्याकाण्डजस्तो कुरा । तर नेपाल समाचारपत्रले त्यस दिन ‘ट्रिक’ लगाएर समाचार प्रकाशित गरेको थियो ।

जेठ १९ गते १० बजे पहिलो सिफ्टका साथीहरू घर गइसकेका थिए। बाँकी दीपक, टंक दाइ, किशोर सापकोटा, ममात्रै थियौं रिपोर्टिङमा। डेस्कमा केही दाइ हुनुहुन्थ्यो ।

पुष्कर सर (प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ) हाफपाइन्टमा दौडँदै आउनु भयो, शान्ति सदनमा बम पड्क्यो रे। कपिलजी (कपिल काफ्ले, सम्पादक) खोइ भनेर सोध्नु भयो । फोन लगायौं, बाट‍ोमा हुनुहुँद‍ो रहेछ, फर्कनुभयो।

दुवै सम्पादकहरू धमाधम फोन लगाउन थाले। दरबारमा गोली चलेको पुष्टि भयो। पुष्कर सरले आँखाभरि आँसु पारेर भन्नुभयो- ‘वन इज नो मोर, टु इज नो मोर, फोर इज नो मोर।’

हतार हतार ददिराम दाइको घरमा गएर फोटोहरू ल्याएर समाचार हालियो। रातभरि प्रेसमै बस्यौं। सीएनएनले राति १ बजेमात्र ब्रेकिङ गर्‍यो भने त्यसपछि बीबीसीले ।

रिपोर्टिङमा- दिपक रिजाल,टंक पन्त, किशोर सापकोटा र म ।
डेस्कमा- महेन्द्र विष्ट, राजेश बज्राचार्य र व्याकुल पाठक ।
कम्प्युटरमा- प्रकाश श्रेष्ठ, जयराम सुवेदी, राजकुमार बिके ।
प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ र सम्पादक कपिल काफ्लेसहितको टिमले त्यो रात तयार पारेको सामग्री ।

२० गते समाचारपत्रको फोटोकपी पनि बिक्यो।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्