Logo
११ बैशाख २०८१, मंगलबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा अन्तर्गत रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ ।

बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मतदान हुने कार्यलयका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ ।

मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानिय तहका प्रमुख उपप्रमुख दाङ पुगेका छन् । यस अघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा बिजयी अर्चाखाँचीका चन्द्रबबहदुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थिाये ।

एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसबाट दीर्घ नारायण पाण्ठेय चुनावी मैदानमा छन् । निवार्चन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सुचना अधिकारी कुँवरले जानकारी दिए ।

एमाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेस गरेका पाण्डेयलाई कांग्रसलगायत माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समुहको र राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशमा कुल मतदाता संख्या ३ सय हो ।

प्रदेशसभा सदस्य ८३ जना र स्थानिय तहका प्रमुख उपप्रमुख २१७ जना छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य मतभार ४८ र स्थानिय तहका प्रमख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतभार १८ गणना हुन्छ ।

मतभार अनुरुप प्रदेशसभा सदस्यले ३ हजार ९ सय ८४ र स्थानिय तर्फका २१७ जनाको ३ हजार ९ सय ६ गरी कुल ७ हजार ८ सय ९० मत संख्या छ । जितका लागि ३ हजार ९ सय ४६ मत ल्याउनु पर्छ ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्