Logo
१३ बैशाख २०८१, बिहीबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई वैकल्पिक विधिबाट गराउन परीक्षाबोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति

कोरोना महामारी कारण रोकीएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी लम्बिँदै गएकाले एसईई परीक्षा वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि यस्तो आग्रह गरिएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले बताएका छन् ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् ।
भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन गर्ने कार्यतालिका थियो । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी छन् ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्