Logo
८ बैशाख २०८१, शनिबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पुतनिक-५ खोपका लागि राष्ट्रपति भण्डारीद्वारा रुसका राष्ट्रपतिलाई पत्राचार

रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई आग्रह गर्दै पत्रचार गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताएका छन् ।

नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । ‘खोप कुटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका,भारतका राष्ट्रपतिलाई पठाइसकेकी छन् ।

त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपतिको पौने एक घण्टा कुराकानी भएलगत्तै चीनले १० लाख डोज खोप उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्