Logo
११ बैशाख २०८१, मंगलबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु

आजबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । जेठ ११ मा मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बर्खे अधिवेशन डोकेकी हुन् ।

अधिवेशनको आज पहिलो दिन प्रदेश सभाका संसदीय दलका नेताहरुले बोल्ने छन् । दलका नेताहरु बोलेपछि भोलि प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ ।

प्रदेश सभाको यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । २९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधान रहेको छ ।

मुख्यमन्त्री गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र मुख्यमन्त्री गुरुङलाई विश्वास पुग्छ ।

प्रदेश सभामा जनमोर्चा तटस्थ बस्ने हो भने प्रदेश मध्यावधिमा धकेलिने छ । अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन ।

सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्