Logo
७ बैशाख २०८१, शुक्रबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई एमालेले स्पष्टीकरण सोधेको छ ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले बिहीबार सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्