Logo
८ बैशाख २०८१, शनिबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक जोडीले विमानभित्र चुम्बन गर्न थालेपछि एयर होस्टेसले दिइन् ब्ल्याङ्केट !

पाकिस्तानको कराँचीबाट इस्लामाबाद जाँदै गरेको एक विमानभित्र जोडीले चुम्बन गरेपछि अहिले निकै विवाद पैदा भएको छ । ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका छन् ।

यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए-२०० मा पाँच दिन अघि घटित भएको हो । यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए ।

त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।

ट्रिब्यूनको रिपोर्ट अनुसार जब यो मामिलामा केही यात्रीले यो जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन भने तब उनीहरुले ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ रु’ भनेर सोधे ।

यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ ।रातोपाटी

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्