Logo
१२ बैशाख २०८१, बुधबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई १० लाख डाेज खाेप उपाहारमा उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिकाे घाेषणा

उत्तरी छिमेकी देश चीनले नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएकाे टेलिफाेन वार्तामा चीनले नेपाललाई दश लाख डाेज खाेप अनुदान सहायतामा उपलब्ध गराउने घाेषणा गरेकाे हाे ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफाेन वार्ताका क्रममा नेपाललाई १० लाख डाेज खाेप अनुदान सहायतामा उपलब्ध गराउने घाेषणा गर्नुभएकाे नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले जानकारी दिएकी छन् ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गरेकी थिईन।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गरेकी छन् ।

यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छन् ।

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्