Logo
७ बैशाख २०८१, शुक्रबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन छल्न एक जोडीले उडिरहेको हवाइजहाजमै विवाह गरेपछि…!

भारतमा पछिल्लो समयमा कोरोना महामारीको दोस्रो लहरले एकदमै प्रभाति बनाएको छ । यतिबेला भारतमा कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाएको छ । तर कोरोना महामारीलाई नियन्त्रण गर्न लगाएको प्रतिबन्धलाई छल्न एक जोडीले हवाइजहाजमै विवाह गरेका छन्।

सोमबार उक्त जोडीले एउटा प्लेन चार्टर्ड गरेर आकाशमै विवाह गरेका थिए। विवाहित जोडीका १६० जना आफन्त पनि जहाजमा थिए। अहिले यो विवाहको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। यसका तस्वीर तथा भिडिओ भाइरल भएका छन्।

राकेश र दक्षिणा तमिलनाडुस्थित मडुराईका हुन्। जहाँ कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन विवाह समारोहमा ५० जनामात्रै भेला हुन अनुमति दिइएको छ। उनीहरूले त्यो नियमलाई छल्न जहाज नै चार्टर्ड गरेर आकाशमा विवाह गरेका हुन्।

स्पाइसजेटको बोइङ ७३७ जहाज मडुराईबाट बैगलुरूका लागि उडेको थियो भने विवाह सकिएपछि उनीहरू सोही जहाजमा पुनस् मडुराईका लागि फर्किएका थिए।

विवाह चर्चामा आएपछि भारतीय उड्डयन प्राधिकरणले समेत अनुसन्धान थालेको छ।प्राधिकरणका महानिर्देशकले स्पाइस जेटको उक्त प्लेनका स्टाफलाई अहिले ड्युटीबाट हटाइएको टाइम्स अफ इण्डियालाई बताएका छन्।

स्पाइस जेटका प्रवक्ताले उक्त प्लेन मडुराईबाट बैंगलोर जानका लागि मे २३ मा एक ट्राभल एजेन्टले बुकिङ गरेका बताए। पालना गर्नुपर्ने कोभिड निर्देशिका ब्रिफिङसमेत गरिएको र प्लेनमा विवाह गर्न कुनै अनुमति नदिइएको उनले बताए।

ुउनीहरूलाई नागरिक उड्डयन प्रधिकरणका महानिर्देशकले जारी गरेको फोटो र भिडिओ खिच्ने नपाइनेलगायत सुरक्षा प्रोटोकोलबारे क्याबिन क्रुले पटक(पटक ब्रिफिङ गरेका थिए,ु प्रवक्ताले भनेका छन्।

तमिलनाडुमा अहिले ३१ मेसम्मको लागि लकडाउन जारी छ। भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिँदा स्थिति भयावह बनेको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्