Logo
८ बैशाख २०८१, शनिबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्य थापाको नजरमा एमाले विरुद्ध माधव नेपालका यी हुन् पाँच घात

नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका बरिष्ठ नेता माधव नेपालले पार्टी विरुद्ध विभिन्न पाँचवटा घात गरेको बुदागत रूपमै सार्वजनिक गरेका छन् ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस, लुम्बिनी प्रदेशमा मूख्यमन्त्री विरुद्ध गठबन्धन निर्माण,प्रधानमन्त्री विरुद्ध आफ्नै २८ जना साँसदलाई अनुपस्थित गराउनु, बागमती प्रदेशमा रामबहादुर थापालाई चुनाव हराउनु र काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साँसदहरुको किर्ते हस्ताक्षर गरेको आरोप थापाको छ ।

थापाले उल्लेख गरेका पाँच घात यस प्रकार छन् :

१. कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग ।

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दीर्घराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन ।

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ ।

४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान ।

५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।

उनले भनेका छन् – “नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूको भ्रत्सना गरौं !”

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्