Logo
६ बैशाख २०८१, बिहीबार
(May 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदरसामा दुई बालकको हत्या, बाराको सरंगापुरमा भेटियो शव

प्रदेश २ स्थित बारा जिल्लामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका ७ स्थित सरंगापुर बस्ने ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्या भएको हो ।

स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुबैजनाको शव फेला परेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार हिजो बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए ।

रातिसम्म घर नआएपछि उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरिएको थियो ।

डीएसपी मिश्रसाहित प्रहरी टोलि घटना स्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान समेत भइरहेको उनले जनाए ।

 

प्रकाशित मिति: May 18, 2021

प्रतिक्रिया दिनुहोस्