Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्मनीले लगायो नेपाललाई आजदेखि यात्रा प्रतिबन्ध

जर्मनीले आजदेखि नेपाललाई यात्रा प्रतिबन्ध लगाएको छ ।

नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै जर्मनीले सोमबारदेखि लागु हुने गरि नेपालसँग यात्रा प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

गएराति १२ बजेदेखि यात्रा प्रतिबन्ध लागु भएको काठमाडौंस्थित जर्मनी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।तर, जर्मनी नागरिकले चाहिँ उद्धार उडानमार्फत देश फर्कन सक्ने भएका छन् । यसअघि जर्मनीको भिजा प्राप्त गरेकाले पनि देश प्रवेशको अनुमति पाउने छैनन् ।

काठमाडौंको लकडाउन नखुलेसम्म भिजा सेवा पनि बन्द गरिएको दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति: May 17, 2021

प्रतिक्रिया दिनुहोस्