Logo
७ बैशाख २०८१, शुक्रबार
(May 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदन-आश्रित स्मृति दिवसमा एमाले नेताहरूले गरे मदन भण्डारीको शालिकमा माल्यार्पण

नेकपा एमालेले सोमबार २८ औं मदन-आश्रित स्मृति दिवस मनाउँदै छ ।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरु तत्कालीन पार्टी कार्यालय रहेको बल्खु पुगेर मदनको शालिकमा माल्यार्पण गरे ।

कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरवहादुर तामाङले बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी थिए ।

प्रधामन्त्री ओलीले सोमबार बिहान साढे नौ बजे पुगेर मदनको सालिकमाथि माल्यार्पण गरे। उनीसँगै उनकी पत्नी राधिका शाक्यले पनि मदनको सालिकमा माल्यार्पण गरिन् ।

माधव नेपालसहितका सबै नेताहरुलाई श्रद्धान्जली अर्पण गर्ने कार्यक्रमका लागि एसएमएसमार्फत खबर गरेका थिए । तर, नेपाल भने बल्खु गएनन् । तर, उनी पक्षीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेका थिए ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।

एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ । बल्खुस्थित एमाले केन्द्रीय कार्यालयको रातो भवन २०७२ सालको भूकम्पले क्षति पुगेको छ ।

सो स्थानमा नयाँ अत्याधुनिक पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । हाल एमालेले बबरमहलस्थित भाडाको एक घरबाट केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति: May 17, 2021

प्रतिक्रिया दिनुहोस्