Logo
१३ बैशाख २०८१, बिहीबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले अनुदानमा दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

नेपाललाई चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारी उच्च स्रोतले जनाएको छ ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् ।

उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौँ ल्याउने तयारी रहेको बताएका छन् ।

तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्ना साथ काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ । सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

बांकी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार साँझै बेइजिङ उडिसकेको छ ।

यसअघि नेपाल एयर लाइन्सको सोही जहज मार्फत ४ सय अक्सिजन लगायत स्वस्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ ।

उक्त स्वस्थ्य सामाग्री नेपाल सरकारले हवाइ मार्ग र स्थलमार्गद्वारा नेपाल ल्याउने व्यवस्था मिलाइएको छ । प्रशासन

 

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्