Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता रजनीकान्तले कोरोना संक्रमितलाई दिए एक करोड

भारतीय अभिनेता रजनीकान्तले कोरोनासँग लड्न एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् ।

यसको अलवा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल मार्फत सौन्दर्याले दिएकी छन् ।

सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’

हाल रजनीकान्तले सोशल ड्रामा फिल्म ‘अन्नथे’को सुटिङमा गरिरहेका छन् । फिल्मको आधा सुटिङ सकिएको छ, भने बाँकी सुटिङ कोरोनाको स्थिति ठिक भएपछि हुनेछ ।

फिल्ममा रजनीकान्तको साथ नयनतारा र कीर्ति सुरेशको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्