Logo
४ बैशाख २०८१, मंगलबार
(May 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको अधिकांश पुरानै मन्त्री दोहोर्‍याउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै मन्त्री दोहोर्‍याउने तयारी गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीमा पुनस् नियुक्त भएका ओलीले प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ ।

‘पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी भइरहेको छ । माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गरेर फेरि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छ’, स्रोतले भन्यो ।

खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा सांसद नभएकाले १० असारमा स्वतः पदमुक्त हुँदैछन् ।तर अहिले कुनैपनि मन्त्री नहटाउने तयारी भएको स्रोतको बतायो ।

ओलीले मन्त्रिपरिषद् गठन गर्दा नेता माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो समूहका सांसदलाई पनि समेट्ने तयारी गरेका स्रोतको भनाइ छ ।

२७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका छन् ।

 

 

प्रकाशित मिति: May 14, 2021

प्रतिक्रिया दिनुहोस्