Logo
१३ बैशाख २०८१, बिहीबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्ल्डलिंकका निर्देशक बिजय जलानको कोरोनाबाट निधन

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड-१९ बाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए । वैशाख १५ गते नर्भिकमा परीक्षण गराउँदा उनमा कोभिड–१९ संक्रमण देखिएको थियो ।

संक्रमीत भएसँगै बिगत दुई सातादेखि ४६ वर्षिय जलान ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचारत थिए ।जलान करिब १५ दिन अघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।

गत वैशाख १८ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनहरुमा सुधारोन्मुख रहेको थियो । बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।

उनको अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहँदा आज बिहान करिब ८ बजे निधन भएको हो ।अध्यक्ष दिलिप अग्रवाल, स्वर्गिय जलान र अर्का संस्थापक सदस्य मनोज अग्रवाल मिलेर तत्कालिन समयमा वर्ल्डलिंकको स्थापना गरेका थिए ।

महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका स्वर्गिय जलानको श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्