Logo
१३ बैशाख २०८१, बिहीबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित बाँकेमा गयराती थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

भेरी अस्पतालमामा उपचाररत नेपालगन्ज-१ की ४३ वर्षीया महिला, गुलरिया(८ बर्दियाकी ३२ वर्षीया महिला,भेरी अस्पतालमा उपचाररत राजापुर-६ बर्दियाकी ५६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभीड संकट व्यवस्थापनका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तुलसीपुर-६ दाङका ४३ वर्षीय पुरुष, बैजनाथ-६ बाँकेका ६४ वर्षीय पुरुष, तुलसीपुर-५ दाङकी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका-३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिकाका ४२ वर्षीय पुरुष र नेपालगन्ज-१२ की ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको ओलीले बताए।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१३ र बाहिरी जिल्लाका मृतकको संख्या १६३ पुगेको छ।

 

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्