Logo
७ बैशाख २०८१, शुक्रबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा एमालेकै पुनः सरकार बनाउन आह्वान

गण्डकी प्रदेशमा पुनः नेकपा एमालेको सरकार बन्ने भएको छ।

अपराह्न ४ बजे बहुमतको सरकार गठन गर्ने समयावधि थियो। तर उक्त समयमा विपक्षी गठबन्धनले बहुमतसहित सरकार गठनको प्रस्ताव दर्ता गर्न नसकेपछि प्रदेश प्रमुखले ठुलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गरेकी छन्।

कृष्ण थापालाई जनमोर्चाले कारबाही गरी बहुमत सांसद पुर्‍याउने विपक्षीको प्रयास असफल भएको छ। थापालाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नुअघि गैर कानुनी कारबाही गरिएको भन्दै उनले लेखेको पत्र प्रदेश प्रमुखकहाँ पुगेको थियो।

एमाले सरकार बन्ने भएपछि पृथ्वी सुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने भएको छ।

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्