Logo
८ बैशाख २०८१, शनिबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली मन्त्रिपरिषद हेरफेर : दुई मन्त्रीले राजीनामा दिने, तीन जना नियुक्ति गरिने

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरिएको छ ।

उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने भएका छन् ।त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएका छन् । यद्यपि अहिलेसम्म उनीहरुले राजीनामा भने दिइसकेका छैनन् ।

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्