Logo
१३ बैशाख २०८१, बिहीबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने भएको छ ।

अटोकार इन्डियाले प्रकाशित गरेको समाचार अनुसार बजारमा राम्रो पकड कायम गर्न नसकेका यी मोडलको उत्पादन बन्द गरेर कम्पनीले राम्रो सम्भावना भएका अन्य मोडलतर्फ ध्यान केन्द्रीत गर्नेछ ।

राम्रा इक्विपमेन्टका साथ उपलब्ध र प्रशस्तै स्पेस भएको र सुविधाजनक १.५ लिटर डिजेल इन्जिनयुक्त एमपीभी महिन्द्रा मराजोले गत जनवरी यता ७११ युनिट मात्र बिक्री भएको छ, जबकी यही अवधिमा यही सेगमेन्टका टोयोटा इनोभा क्रिस्टा १९ हजार ३ सय युनिट र मारुती सुजुकी अर्टिगा ३७ हजार २८६ युनिट बिक्री भएका छन् ।

अब आगामी दिनमा महिन्द्रा मराजोमा कुनै अपडेट गरिने छैन । बरु महिन्द्राले पहिले देखि नै योजना गरिरहेको एमस्टालियोन रेन्जको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त गाडी बजारमा उपलब्ध गराइने छ । अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको सो गाडी अल न्यु महिन्द्रा एक्सयूभी ५०० को रुपमा सन् २०२४ मा लन्च गरिने छ ।

त्यसैगरी महिन्द्रा केयूभी १०० पनि यो अवधिमा २१ युनिट मात्र बिक्री भएको छ, जबकी यही अवधिमा यसका प्रतिस्पर्धी फोर्ड फ्रिस्टाइल ३ हजार ५६४ युनिट र मारुती इग्निस १६ हजार ७५ युनिट बिक्री भएका छन् ।

यद्यपि महिन्द्रा केयुभी १०० आगामी दिनमा ईकेयूभीको रुपमा बजारमा उपलब्ध हुनेछ, जुन अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको थियो । यसले हाल बजारमा उपलब्ध ईटुओ र इटुओ प्लसको स्थान लिनेछ ।

सो इलेक्ट्रिक कार आगामी २०२२ को शुरुमा बजारमा आउने छ । यसको रेन्ज १४७ किलोमिटर हुनेछ, जसमा १५.९ किलोवाट आवरको ब्याट्री हुनेछ भने ५५ एचपीको पावर दिनेछ ।

नेपाली बजारमा पनि यी दुई मोडलका गाडी बिक्रीका लागि उपलब्ध भए पनि खासै राम्रो प्रतिक्रिया पाएका छैनन् ।नेपाल अटो

 

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्