Logo
१३ बैशाख २०८१, बिहीबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेनोको पहिलो इलेक्ट्रिक एसयूभी चाँडै लन्च हुँदै, यस्ता छन् बिशेषता जान्नुहोस् !

रेनोले कम्पनीले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई-टेक लन्च गर्ने तयारीमा लागेको छ । फ्रान्सको कार निर्माता रेनोले कम्पनीले सो कार लन्चिङ भन्दा पहिला कारको पहिलो झलक देखाएको छ ।

रेनोले सो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी कार मेगेन ई-टेकको कन्सेप्ट गत वर्षको अन्तमा सार्वजनिक गरेको थियो ।रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई-टेक कार डिजिटल इभेन्ट मार्फत प्रदर्शित गरेको छ ।

सोही आयोजनामा कम्पनीले सो कार अर्को वर्षको सुरुवातमा लन्च गर्ने तयारीमा रहेको जानकारी दिएको छ । सो कम्पनीले सन् २०२५ सम्ममा २४ नयाँ मोडल लन्च गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले जारी गरेको पहिलो टिजर फोटोमा मोडलको नाम र टेललाइटको झलक देखाइएको छ । कारको रियरमा कारको नामको साथै गोल्डेन ई समावेश गरिएको छ ।

यसको सेन्टरमा रेनोको नयाँ लोगो पनि समावेश गरिएको छ । यसको साथै कारको चारै तिर एलईडी लाइटको स्ट्रिप समावेश गरिएको छ । जसले कारलाई निकै आकर्षक बनाएको छ ।

सो एसयूभीमा जडान गरिएको इलेक्ट्रिक मोटरले २१७ एचपकिो पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो कारलाई ० देखि १०० किलोमिटरको स्पिड लिनको लागि ८ सेकेन्डको समय लाग्ने दावी गरेको छ ।

यसमा ६० केडब्ल्युएचको ब्याट्री प्याक समावेश गरिएको छ । कम्पनीका अनुसार सो ब्याट्रीले फुल चार्ज भइसकेपछि ४५० किलोमिटरको दुरी तय गर्छ ।

सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट र सेन्ट्रल कन्सोल एल आकारको रहेको छ । मेगेन ई–टेक रेनोमा गुगल सर्भिसमा आधारित नयाँ इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।

सो कार सीएमएफ-ईभी प्लेटफर्ममा तयार पारिएका पहिलो कार हो । सो प्लेटफर्ममा निसान आरिया पनि निर्माण गरिएको थियो । सो नयाँ कार फक्सवागन आईडी ४ सँग प्रतिस्पर्धाको लागि निर्माण गर्न लागेको अनुमान गरिएको छ ।नेपाल अटो

 

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्