Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिदैँ, सरकार गठन अन्योल

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रमुखले प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि दिएको समयसीमा आज सकिँदैछ ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीनदिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदै छ । प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ ।

नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् ।

जनमोर्चाका एक सांसदले कांग्रेस नेतृत्वलाई सहयोग गर्न नसकिने बताएपनि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम हुँदै गएको छ ।

अहिले सम्मको अवस्था हेर्दा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने देखिएको छ ।

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्