Logo
८ बैशाख २०८१, शनिबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितको मृत्युपछि जनकपुर कोरोना अस्पतालमा तोडफोड

प्रदेश नं २ स्थित जनकपुरमा चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल तोडफोड गरेका छन् ।

महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो ।

भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो ।

त्यसपछि मृतकका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले गरेको तोडफोडबाट तीन वटा भेन्टिलटर बिग्रेको कोरोना अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले जानकारी दिए । उनका अनुसार अन्य उपकरणमा समेत क्षति पुगेको र बुझ्ने काम भइरहेको छ ।

पुरानो भेन्टिलेटर बिग्रेपछि प्रदेश सरकारले हालै मात्र यहाँ ८ वटा भेन्टिलेटर जडान गरिदिएको थियो । ती युवाको समूहले स्टाफ नर्ससहित चार जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । दुई जना घाइते नै भएको डा.पाण्डेले बताए ।

तोडफोड गर्ने दाजुभाइलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्