Logo
७ बैशाख २०८१, शुक्रबार
(May 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला, कोरोना संक्रमितका हुन सक्ने आशंका

भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ । बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएपछी सनसनी मच्चिएको हो ।

स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।चौसा प्रखडं बिकास पदाधिकारी अशोक कुमारले सो शव भारतको उतराखण्डबाट बगेर आएको हुन सक्ने आशंका ब्यक्त गरेका छन् ।

यद्दपी सो क्षेत्रका स्थानीय बासिन्दा भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव गंगा नदीमा फालेको भन्दै बिरोध जनाएका छन् ।

शवको प्रकृती हेर्दा आधा जलेको अवस्थामा रहेको भन्दै उनीहरुले तैरिरहेको शव ब्यबस्थापन गर्न माग गर्दै गंगा नदीको पवित्रतामा पनि चिन्ता ब्यक्त गरेको छ ।

प्रकाशित मिति: May 11, 2021

प्रतिक्रिया दिनुहोस्