Logo
४ बैशाख २०८१, मंगलबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवतालाई जल चढाए कोरोना भाग्ने हल्ला फैलिएपछि…!

सामाजिक सञ्जालमा पछिल्लो समयमा धेरै कुरा भाइरल हुने गरेको छ ।  यस्तै भारतको गुजरातको अहमदाबादस्थित साणंद क्षेत्रमा एउटा अफवाह फैलिएपछि हजारौँको संख्यामा मानिसहरु भेला भएका छन् ।

यस घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिलाहरुको ठूलो भिड टाउकोमा पानीको गाग्री बोकेर हिँडिरहेको देख्न सकिन्छ ।

कसैले हिन्दू देवता बलिया देवलाई जल अभिषेक गरे मानिसहरु कोरोनाबाट बच्न सक्ने हल्ला फैलाए पछि निधराड र नवापुरा गाउँका महिलाहरु आफ्नो टाउकोमा पानीको गाग्री बोकेर मन्दिर हिँडेका थिए ।

अहम्दाबाद ग्रामिणका डेप्युटी एसपी केटी कमरियाका अनुसार चाँगोदार थानेको नवापुरा गाउँ र साणंदको निधराड गाउँबाट ठूलो संख्यामा पानी लिएर बलिया देव मन्दिर पुगेका थिए ।

प्रहरीले यस घटनामा २३ जनालाई पक्राउ गरेको छ । नवापुरा गाउँको सरपञ्चलाई पनि पक्राउ गरिएको छ ।रातोपाटी

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्