Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित

कोरोनाका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डको सोमबार बिहान बसेको बैठकले दुवै तहको परीक्षा स्थागित गर्ने निर्णय गरेको जानकारी दिइएको छ। एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्‍चालन गर्ने तयारी थियो।

परीक्षा तालिका प्रकाशित भइसकेको थियो । तर, कोरोनाको दोस्रो लहर तीव्र बनेपछि परीक्षा स्थगित गरिएको हो।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

यसअघि पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका थिए।

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्