Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी जेठ १७ गते लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्