Logo
१२ बैशाख २०८१, बुधबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा सांसदहरुको एतिहासिक परिक्षण : ‘तर यो न बिर्सौं की हाम्रो माग संविधान संशोधन नै हो’

१. जसपाको तत्कालीन कार्यभार भनेको अधुरो-अपुरो रहेको मधेस-थरुहट आन्दोलन तथा संविधान निर्माणताका त्यतिकै स्थगित भएको आन्दोलनका कार्यभार पूरा गर्नु हो । त्यो भनेको आन्दोलनका योद्धामाथी लगाइएका झुठा मुद्दा फिर्ता, संकटग्रस्त रहेको नागरिकता ऎनमा सुधार र संविधान संशोधन नै हो ।

यस मध्ये झुठा मुद्दा र नागरिकताको बिषय न्यायलाय र सरकारले गर्न सक्ने हो भने संविधान सन्सोधन सबै दल (दुई तिहाइ) मिले मात्रै सम्भव हुने हो । (उपरोक्त माङ्ग मुद्दाकै कारण बिगतमा राजपा स्थानीय तहको निर्वाचन बहिष्कार तथा ओलि सरकारमा नगएको हो।)

यस परिस्थितिमा कुनै अमुख दललाई निषेध गरेर होइन समदुरिको ट्याक्टिसले मात्रै जसपाको तत्कालीन एजेन्डा सम्बोधन हुने देखिन्छ अत: कुनै अमुख दल वा ब्यक्तिको कुन्ठा तुस्टिको गोटि बन्ने कि तटस्थ रहने दुरदर्शिताको रणनीति लिने ! आज जसपा सांसद ज्युहरुको एतिहासिक परिक्षण पनि हो ।

२. इतिहासले जसपालाइ सरकार निर्माणको चाबी/साचो बनाइदिएको छ । दलहरू दुई धुर्बमा बिभाजित छन । कोरोना महामारी तथा अगामी निष्पक्ष निर्वाचनको निम्ति राष्ट्रिय सहमति बेगेर सम्भव देखिन्न । यस परिस्थितिमा पद लोलुपताको कुनै एक पक्षमा नलागी तटस्थ रहनुले जसपालाइ राष्ट्रिय सहमतिको नेतृत्व प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्न सक्छ ।

३. प्रतिगमन र अग्रगमन भाष्यहरुको बिचको स्पष्टता : प्रम ओलिले सांसद विघटन गरेर असम्बैधानिक कार्य गरे । जसलाई प्रतिगमन भनियो । यस प्रतिगमन विरुद्ध आन्दोलन भयो, न्यायलयले उक्त प्रतिगामी काॠ सच्यायो तर १६ बुन्दे फरेब समझदारी अन्तरिम संविधान, जन आन्दोलन, जन युद्ध, १२ बुन्दे सम्झौता तथा मधेस-थरुहट, जनजाति आन्दोलनबाट भएको उपलब्धि माथिको प्रतिगमन थियो ।

त्यस प्रतिगमनको विरुद्ध ६-६ महिना लामो आन्दोलन तथा सयौं आन्दोलनकारिको शहादत भयो । ओलिको प्रतिगामी कार्यभन्दा कयौं गुणा प्रतिगामी १६ बुन्देका हस्ताक्षरकर्ताहरु हुन तथा त्यस प्रतिगमन विरुद्धको आन्दोलनमा कयौं गुणा बढी जनधनको क्षति भएको हो ।

ओलि प्रतिगमन न्यायलायले सच्याइदियो तर ०७२ को प्रतिगमन सच्चिएको पनि छैन । तर अपसोच सच्चिएको ओलि प्रतिगमनको बहानामा भीषण पिडादायक १६ बुन्दे प्रतिगमनलाई ढाकछोप गर्ने प्रयास हुदैछ । ओलिको बहानामा प्रचण्ड र देउवा-गच्छदारलाई चोख्याउने प्रयास हुदैछ ।

तसर्थ यस परिस्थितिमा तिमीहरू सब उस्तै हो भन्ने सन्देश दिन पनि तटस्थ रहनु नै प्रतिगमन विरुद्धको लडाइ ठहरिन्छ ।

– सन्तोष मेहता
केन्द्रिय सदस्य, जसपा

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्