Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको अवस्था भयावह रहेको भन्दै बंगलादेशले लगायो नेपालसँगको उडानमा प्रतिबन्ध

नेपालमा कोभिड-१९ को संक्रमण अवस्था भयावह बनेको बताउँदै बंगलादेशले आजदेखि नेपालसँग हुने उडानलाई रोक लगाएको छ ।

अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ ।

बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । ‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’ जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्