Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हस्कभर्नाले नयाँ स्कुटर भेक्टर ल्याउदैँ, यस्तो छ बिशेषता !

हस्कभर्नाले नयाँ इलेक्ट्रिक स्कुटर हस्कभर्ना भेक्टरको कन्सेप्ट भर्सन सार्वजनिक गरेको छ । स्वीडिस कम्पनी  हस्कभर्नाले सो स्कुटरको प्रोडक्सन मोडलमा काम भइरहेको र केही समय पछि प्रदर्शन गरिने बताइएको छ ।

आकर्षक स्टाइल र स्पोर्टी लुक भएको यो इलेक्ट्रिक स्कुटर बजाज चेतक इलेक्ट्रिक स्कुटरमा आधारित रहेको छ ।हस्कभर्ना भेक्टर इलेक्ट्रिक स्कुटर विशेष डिजाइनयुक्त छ ।

यसमा भएको बडी प्यानल ड्युअल टोन इफेक्टका साथ आएको छ र यसको लुक पनि एग्रेसिभ छ । स्कुटरमा ठूलो सर्कुलर हेडल्याम्प दिइएको छ ।

त्यसैगरी फ्रन्टमा एलईडी डीआरएल छ । अन्य मोडलमा जस्तै हेडल्याम्प यसमा पनि उपलब्ध छ ।स्कुटर ब्ल्याक र ह्वाइट कलर कम्बिनेसनमा उपलब्ध छ । यसको अलोय ह्विलमा नियोन एल्लो हाइलाइट दिइएको छ ।

यसका कारण नै स्कुटरको लुक थप स्पोर्टी देखिएको छ । यसको साइड प्यानलमा एच (H)  को ब्याजिङ दिइएको छ । यसमा सिंगल पिस फ्ल्याट सिट छ, जसले गर्दा पिलियन राइडरलाई सहज हुन्छ ।

हस्कभर्ना भेक्टरमा बजाज चेतककै इन्जिन उपलब्ध हुने सम्भावना छ । यसको स्पिड ४५ किमी प्रतिघण्टा हुनेछ । फुल चार्जिङमा यसबाट ९५ किलोमिटर यात्रा गर्न सकिन्छ । नेपाल अटो 

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्