Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक एपमा नयाँ सेवा थपिदै, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

नागरिक एपमा नयाँ सेवा थपिदै छ । ६ महिनाभित्र एपमा थप ८० वटा नयाँ सेवा थप हुने भएको छन् ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए ।

शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए ।

केही समयमा नै बाग्मती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था शुरु गर्न लागेको जानकारी दिदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए ।

नागरिक एप नेपाल सरकारले प्रविधिमार्फत हातहातमै सरकारी सेवा दिने उदेश्य सहित सुरु गरेको एप्लिकेशन हो । एपको वेटा भर्सन केही महिनाअघि सार्वजनिक भएपनि गत बैशाख १९ गते प्रधानमन्त्रीले यसको फुल भर्सन सार्वजनिक गरेका थिए ।

जनताले सेवा लिने केन्द्रीय, प्रदेशसँगै स्थानिय निकायका ९० प्रतिशत कामहरु एपमार्फत नै उपलब्ध गराउने लक्ष्य राखिएको छ । नेपाल अटो

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्